
अमेरिकाको न्युयोर्कमा रहेको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।दुर्घटनामा हेलिकप्टरमा रहेका तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक रहेका र एक जना पाइलट थिए ।
दुर्घटनामा ज्यान गुमाउने स्पेनी पर्यटकका परिवार सम्पर्कमा आएपछि मात्र मृतक सबैको पहिचान खुलाउने न्युयोर्कको प्रहरी अधिकारीले बताएका छन् ।दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । दुर्घटनाबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा हेलिकप्टर आकाशबाट उल्टो परेर खस्दै हडसन नदीमा झरेको देखिन्छ ।एजेन्सी