२०८२ वैशाख ४, बिहिवार , ०४:२८:२९ बजे

Sajhamanch
'

भारतको असामबाट दुर्गा प्रसाई पक्राउ

बिहिवार, चैत २८, २०८१

झापा । राजालाई राजगद्धीमा ल्याउन भन्दै चैत १५ गते काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

आफू नेपालमा नै रहेको दावी गर्दै सामाजिक सञ्जाल मार्फत दिनहुँ एउटा भिडियो अपलोड गराउँदै आएका प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा असाममा पक्राउ गरिएको स्रोतको भनाई छ । उनलाई पक्राउ गरेर आज प्रहरीको टोलीले नेपाल ल्याउँदै गरेको जनाइएको छ ।

तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेर पछिदेखि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि हुँदै आएको छ ।

सम्बन्धित खबर