२०८२ वैशाख ५, शुक्रवार , १२:१०:३६ बजे

Sajhamanch
'

सरसफाइमा ध्यान दिन मेचीनगरका चार वटा उद्योगलाई सचेत

बिहिवार, चैत २८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाको सहकार्यमा जिल्लाका सरकारी निकायको बजार अनुगमन टोलीले आज लगातार दोस्रो दिन पनि काम गरेका छन् ।

सरसफाइमा ध्यान नदिएको भन्दै आज मेचीनगरका चार वटा खाद्य उद्योगलाई अनुगमन टोलीले सचेत गराएको जनाइएको छ ।
मेचीनगर ११, १० र ६ नम्बर वडामा रहेको चार वटा खाद्य उद्योगहरुमा सरसफाइको उचित व्यवस्थापन गरेको नपाइएकोले सचेत गराइएको हो ।

नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले धाइजनको सूर्य पल्स एण्ड प्रोसेसिङ प्रालि, धुलाबारीको निशा पाउरोटी उद्योग, सोही ठाउँको अस्मिता पाउरोटी उद्योग र काँकरभिट्टाको नेहा स्नेह बेकरी उद्योगमा अनुगमन गरिएको जानकारी दिए ।

अनुगमन गरिएका चार वटै उद्योगहरुमा उत्पादन गरिएका पाउरोटी, ब्रेड, डुनोट, विस्कुट, केक लगायतका खाद्य पदार्थ छेउछाउ सरसफाइमा ध्यान नदिएको र विभिन्न प्रकारका दालहरु प्रोसेसिङ गर्दा काममा खटिएका मजदुरहरुले माक्स र हेयर नेट प्रयोग नगरिएको पाइएकोले सचेत गराइएको कार्कीले बताए ।

त्यस्तै उद्योगले उत्पादन गरिएको सामग्री प्याकेजिङ्ग गर्दा लेवल नराखेको, संस्था नवीकरण नगरेको, ढक, तराजु व्यवस्थितसँग नराखेको, सरसफाइ, भण्डारण र सुरक्षित राख्न ध्यान नदिएको पाइएको उनले बताए ।

मेचीनगर नगरपालिकाका उपप्रमुख एवम् बजार अनुगमन समितिका संयोजक मीना पोखरेल उप्रेतीको नेतृत्वको टोलीले दोस्रो दिनको बजार अनुगमन गरेको हो ।

सम्बन्धित खबर