२०८२ वैशाख ५, शुक्रवार , ०१:५७:१६ बजे

Sajhamanch
'

सुनको भाउमा फेरि कीर्तिमान : तोलामा एक लाख ८१ हजार नाघ्यो

बिहिवार, चैत २८, २०८१

काठमाडौं । आज सुनको भाउमा अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज एकैदिन सुनको भाउ तोलामा पाँच हजार ७०० रुपैयाँले बढेर एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । गएको बिहिवार सुनको भाउ एक लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसयता लगातार घटिरहेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँले बढेर एक हजार ९०० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ८३५ रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित खबर