
झापा । झापाको मेचीनगर नगरपालिका–१ स्थित देवीगञ्जमा हात्तीले घरको बेरा भत्काएर अन्न खाएको छ ।
गए राति मेचीनगर नगरपालिका–१ देवीगञ्जका तुला लिम्बूको अन्नपात राखेको घरमा एक वटा जंगली हात्ती आएर उक्त घरको साइडको बाँसको टाटी भत्काएर कोठाभित्र रहेको अन्दाजी ५ मन धान खाएको छ । धान र घर समेत गरी करिब रू. ४० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उक्त हात्तीलाई जंगलतर्फ धपाएको छ । त्यस्तै, मेचीनगर–१ तल्लोबाँसेमा १२–१३ ओटा हात्ती आएर स्थनीय कमला राई र रमेश प्रधानको गरी अन्दाजी ८० ओटा सुपारीको बोट भाँचिदिएको प्रहरीले जनाएको छ ।