२०८२ वैशाख ४, बिहिवार , ०८:१४:०४ बजे

Sajhamanch
'

यू–१९ क्रिकेट : नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य

बुधवार, चैत २७, २०८१

काठमाडौं । तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई १९२ रनको लक्ष्य दिएको छ ।

मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४ ओभर ५ बलमा १९१ रन बनाउँदा अलआउट भयो । नेपालका साहिल पटेलले ४६, निरजकुमार यादवले ४२ रन बनाए । अफगानिस्तानका हफीज जाद्रनले ४ विकेट लिए ।

युथ एकदिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितेको छ । अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १३० रन र दोस्रो खेलमा १ रनले हराएको थियो । यही महिना नेपालमै हुने

आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग शृङ्खला खेलिरहेको हो । १९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानले खेल्नेछन् ।

सम्बन्धित खबर