
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राति गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल बेलुकी पौने ८ बजे अहमदाबादमा शुरू हुनेछ ।
आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म ६ पटक भेट भएकोमा गुजरात ५ र राजस्थान १ खेलमा विजयी भएको छ । गुजरात ४ खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । राजस्थान ४ खेलमा ४ अङ्कसहित सातौं स्थानमा छ ।