२०८२ वैशाख १, सोमवार , १२:२४:५४ बजे

Sajhamanch
'

विराटनगरबाट पछिल्लो ६ दिनमा ६ वटा मोटरसाइकल चोरी, दुई जना पक्राउ

बुधवार, चैत २७, २०८१

विराटनगर । प्रहरीले विराटनगरमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पछिल्लो ६ दिनमा लगातार ६ वटा मोटरसाइकल चोरी भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले २ जनालाई मंगलबार बेलुका पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कोशी अस्पताल आसपासबाट मात्रै तीन वटा मोटरसाइकल चोरी भएको थियो । मंगलबार अस्पतालबाटै चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले भारतसँगको सीमावर्ती क्षेत्रबाट २ जनालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार विराटनगर– १७ का २५ वर्षीय महम्मद मियाँ र सोही स्थानका १७ वर्षीय बालक छन् । गिरोहको अन्य सदस्यको पनि प्रहरीले खोजी गरिरहेको छ ।

यो समूहले विराटनगरबाट मोटरसाइकल चोरी गरी भारतमा लगेर बिक्री गर्दै आएको थियो । मंगलबार दिउँसो चोरीको मोटरसाइकल भारत पूर्याएर फर्किएका दुई जनाले अर्को मोटरसाइकल पनि चोरी गर्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूबारे प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

सम्बन्धित खबर