
काठमाडौं । आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ दुई हजार रुपैयाँले बढेर तोलाको एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो । गएको बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसयता लगातार घटिरहेको सुनको भाउ आज बढेको हो ।
यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार ८३५ रुपैयाँमा कायम भएको महासङ्ले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ८३० रुपैयाँ रहेको थियो ।