२०८१ चैत ३१, आइतवार , १०:३०:१८ बजे

Sajhamanch
'

सेनिटरी प्याड खरिद प्रकरण : बाराको कलैयामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार, चैत २७, २०८१

काठमाडौं । बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

मुद्दा लाग्नेहरुमा कलैयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ तथा सेनिटरी प्याड खरिदको ठेक्का पाएको सागरदेवी फर्माका सञ्चालक बिमलेश साह छन् ।

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का लागि मिलेमतोमा महँगोमा मूल्य कायम गरेर प्याड खरिद गरेको अनुसन्धानबाट पुष्टि भएपछि अख्तियारले ५१ लाख ९९ हजार १२० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरीवाना माग दाबी गर्दै प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सागरदेवी फर्माका सञ्चालक साहसँग मिलेमतोमा २४ रुपैयाँ प्रतिप्याकेटको प्याडलाई ७८ रुपैयाँ कायम गरी खरिद गरेको भेटिएपछि संलग्न प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो ।

सम्बन्धित खबर