
काठमाडौं । नेपाल सुपर लिगमा बुटवल लुम्बिनीलाई हराउँदै काठमाडौं रेजर्सले सिजनको पहिलो जीत निकालेको छ ।
हिजो दशरथ रङ्गशालामा भएको खेलमा बुटवललाई १–० ले हराउँदै काठमाडौंले सिजनको पहिलो ३ अङ्क जोडेको हो ।
अन्तिम समयमा अमाडु डियोपले गोल गरे । ७१ औं मिनेटमा बुटवलका डिफेन्डर सुमन श्रेष्ठले कर्नर लिने क्रममा काठमाडौंका अलिजोनलाई मुक्का हानेपछि रेफ्री प्रज्वल क्षेत्रीले सीधै रातो कार्ड देखाएका थिए ।
बुटवल ४ खेलमा एक अङ्कका साथ प्लेअफ समिकरणबाट बाहिरिएको छ । काठमाडौं चार खेलमा ५ अङ्क जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।