
काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ३५ समूहका ३३० जनाले अनुमति पाएका छन् ।
पर्यटन विभागका अनुसार सोमबारसम्म ७७ महिला र २५३ पुरुषले आरोहण अनुमति पाएका हुन् । यसमध्ये सर्वोच्च शिखर सगरमाथामा मात्र १२ समूहका १२० जनाले आरोहण अनुमति पाएका छन् ।
विभागका अनुसार अहिलेसम्म १५ हिमालमा आरोहण अनुमति जारी भएको छ । दोस्रो स्थानमा अन्नपूर्ण प्रथम छ । यसमा ६ समूहका ६६ जनाले अनुमति पाएका छन् ।
त्यस्तै मकालु हिमालमा ३ समूहका ४० जनाले आरोहण अनुमति पाएको विभागले जनाएको छ । सोमबारसम्म हिमालहरूबाट कुल २२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन भइसकेको छ ।