२०८२ वैशाख ३, बुधवार , ०९:३०:५८ बजे

Sajhamanch
'

सिरहामा विद्युतीय धरापमा परेर बालिकाको ज्यान गयो

मङ्गलवार, चैत २६, २०८१

सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर ज्यान गएको छ ।

जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको ज्यान गएको सिरहा प्रहरीले जनाएको छ ।

धराप थापेको आरोपमा प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई पक्राउ गरी ज्यानसम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।

उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ ।

गएको फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो ।

बालिका हराएको १३औं दिनमा चैत १२ गते बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो ।