२०८२ वैशाख ३, बुधवार , ०९:३०:५७ बजे

Sajhamanch
'

सुनको भाउ घट्दा, चाँदीको भाउ स्थिर

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ । सुनको भाउ ४०० रुपैयाँले घटेर तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ लगातार घटिरहेको छ ।

यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजो जस्तै तोलाको एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्ले जनाएको छ ।

सम्बन्धित खबर