२०८१ चैत ३०, शनिवार , ०२:१४:२७ बजे

Sajhamanch
'

‘इण्डियन आइडल सिजन १५’को उपाधि मानसी घोषलाई

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । ‘इन्डियन आइडल १५’को उपाधि मानसी घोषले जितेकी छन् । आफ्नो जादुमयी आवाजले करोडौं दर्शकको मन जितेकी उनले ट्रफीसँगै २५ लाख भारु नगद पुरस्कार प्राप्त गरिन् । योसँगै उनले नयाँ चम्किलो कार पनि पाइन् ।

जितपछि उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो छ । ‘इन्डियन आइडल’को आधिकारिक इन्स्टाग्राम अकाउन्टले पनि घोषलाई बधाई दिएको छ ।‘मानसी घोषलाई ‘इन्डियन आइडल सिजन १५’ जितेकोमा धेरै धेरै बधाई । कस्तो आवाज, कस्तो यात्रा । तपाईं साँच्चै यसको योग्य हुनुहुन्छ । तपाईंले प्रत्येक प्रस्तुतिलाई स्मरण बनाउनुभयो’ इण्डियन आइडलको सामाजिक संजाल पोस्टमा लेखिएको छ । यो सिजनलाई श्रेया घोषाल, विशाल ददलानी र बादशाहले जज गरेका थिए ।

फिनालेमा स्नेहा शंकर, सुभाजित चक्रवर्ती, चैतन्य देवधे (माउली), प्रियङ्शु दत्त र मानसी घोष थिए । जसमध्ये स्नेहा, मानसी र सुभाजित ‘टप ३’ मा परे । मानसी बिजेता भइन् भने स्नेहा शंकर सेकेन्ड रनरअप भइन् । स्नेहाले ५ लाख भारु जितिन् । टी-सिरीजका भुषण कुमारले स्नेहासँग रेकर्डिङ सम्झौता गरेका छन् ।मानसी यसअघि गायन रियालिटी शो ‘सुपर सिंगर’ को तेस्रो सिजनमा पनि सहभागी भइन् । त्यसमा उनी फस्ट रनरअप भइन् । मानसीले सिजनभर आफ्नो मीठो स्वर र धुनले दर्शकको मात्रै होइन दर्शकको मन पनि जितिन् ।

सम्बन्धित खबर