२०८१ चैत २५, सोमवार , ०८:४६:१३ बजे

Sajhamanch
'

हङकङमा टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ

सोमवार, चैत २५, २०८१

काठमाडौं । यसै सातादेखि हङकङमा सुरु हुने टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा बोल्दै कप्तान रोहित पौडेलले तयारी राम्रो भइरहेको उल्लेख गर्दै सक्दो राम्रो खेलेर जितेर फर्कने बताए । ‘अहिले टिमको रूपमा निकै सन्तुलित छ जस्तो लाग्छ, केहीले कम्ब्याक पनि गर्नुभाको छ, विश्वकपका लागि राम्रो तयारी हुन्छ, राम्रो खेल्ने छौं,’ रोहितले भने ।

त्यस्तै यस शृंखलाका लागि नेपालको प्रशिक्षक रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अभ्यास राम्रो भएको र आगामी महत्त्वपूर्ण खेलका लागि राम्रो तयारी हुने बताए ।

आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी हुने यस प्रतियोगितामा सबै टोलीले एकअर्कासँग १–१ खेल खेलेपछि चार टिममध्ये शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

यस शृंखलाका लागि कप्तान रोहित पौडेलको कप्तानीमा टोली घोषणा भएको छ जसमा केही खेलाडीले पुनरागमन पनि गरेका छन् ।

सम्बन्धित खबर