२०८१ चैत २५, सोमवार , ०२:१४:४२ बजे

Sajhamanch
'

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारीमा ढुंगाना

सोमवार, चैत २५, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन् ।

वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन् ।

सम्बन्धित खबर