२०८१ चैत २५, सोमवार , ०१:१०:२० बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ७०० रुपैयाँले घट्यो

सोमवार, चैत २५, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको बिहिवार सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ लगातार घटिरहेको छ ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार ८३० रुपैयाँमा कायम भएको महासङ्ले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार ८०० रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित खबर