२०८१ चैत २५, सोमवार , १०:४०:१२ बजे

Sajhamanch
'

स्वास्थ्य बीमा दिवस मनाइँदै : भुक्तानी दिनुपर्ने दायित्व बढ्दै जाँदा समस्या

सोमवार, चैत २५, २०८१

काठमाडौं । ‘सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नारासहित आज नवौं स्वास्थ्य बीमा दिवस मनाइँदैछ ।

स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम हो ।

नेपालमा २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । यस कार्यक्रमबाट ८० लाखभन्दा बढी नागरिकलाई बीमामा आबद्ध गरी स्वास्थ्य सेवामा पहुँच स्थापना गर्न योगदान पुर्‍याइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभावकारी र व्यवस्थित बनाउने मन्त्रालयको दाबी छ ।

यसैबीच सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

स्वास्थ्य बीमा बोर्डले हिजो पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख्न कठिन देखिएको बताएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक गर्दै कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको बताए।

उनका अनुसार स्वास्थ्य बीमा कोषमा बढ्दो दायित्व र हरेक वर्ष कोषले घर भाडाबापत दुई करोड ३४ लाख रुपैयाँ भुक्तानी दिँदै आएको छ ।

कार्यरत कर्मचारीको तलब भत्ता तथा दर्ता सहयोगी प्रोत्साहनबापत वर्षेनि करोडौँ भुक्तानी गर्ने गरेको र जुन निरन्तर बढ्दै गएको उनको भनाइ छ ।

सम्बन्धित खबर