
अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु. २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको ज्यान गएको ईलाका प्रहरी खनदहका प्रमुख प्रहरी निरीक्षक जगनाथ मरासिनीले जानकारी दिए।
जीप बिहान साढे ३ बजेतिर सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भुवन पोखरेल र बसन्त पोखरेललाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।