२०८१ चैत २९, शुक्रवार , १२:५०:४७ बजे

Sajhamanch
'

नेपाल सुपर लिगमा झापा र काठमाडौं गोलरहित बराबरी खेले

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स र झापा एफसीले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजोको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अङ्क पुर्‍याएका छन् ।

जारी प्रतियोगितामा दुवै टोलीको यो दोस्रो बराबरी हो । यसअघि काठमडौंले ललितपुर सिटी एफसीसँगको खेलमा २–२ गोलको बराबरी खेलेको थियो । झापाले भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

एनएसएल फुटबलमा आज चितवन एफसी र बुटवल लुम्बिनी खेल्दैछन् ।

सम्बन्धित खबर