२०८१ चैत २४, आइतवार , ०३:३२:५४ बजे

Sajhamanch
'

नेपाल सुपर लिग फुटबल : झापा र काठमाडौं खेल्दै

बिहिवार, चैत २१, २०८१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र काठमाडौं रेजर्स खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । यसअघिको खेलमा झापा र बुटवल लुम्बिनीले गोलरहित बराबरी खेलेका थिए ।

यस्तै काठमाडौं र ललितपुर सिटी एफसीले पनि २–२ गोलको बराबरी खेलेका थिए । एनएसएलमा हिजोको खेलमा साविक विजेता ललितपुरले पोखरा थन्डर्सलाई ३–२ ले पराजित गरेको छ ।

प्रतियोगितामा सात वटा टोली सहभागी छन् । फानल खेल बैशाख १३ गते हुनेछ ।

सम्बन्धित खबर