२०८१ चैत २१, बिहिवार , १२:०१:३९ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गरेका हुन् ।

ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् । उनी थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन् । प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछन् ।

सम्बन्धित खबर