२०८१ चैत २१, बिहिवार , १२:०४:१८ बजे

Sajhamanch
'

अन्नपूर्ण आधार शिविरमा आरोही पुग्न थाले

मङ्गलवार, चैत १९, २०८१

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।

चालू वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदूर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले बताए।

उहाँका अनुसार समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा आरोहीका साथै घुमघामका लागि पर्यटकहरू पनि आउन थालेका छन् ।

पर्यटन विभागले पछिल्लो पटक गएको मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच समूहका ३० पुरुष र १२ जना महिलाले आरोहणको अनुमति लिएका छन् ।

वसन्तयामका लागि अहिलेसम्म पाँच वटा हिमाल अरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण चढ्ने पर्यटक रहेका विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिए।

सम्बन्धित खबर