
इलाम । इलामका दुई जना नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने दुईजना अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा इलाम नगरपालिका- ४ बरबोटे बस्ने २२ वर्षीय दीपेश नेपाली र चुलाचुली गाउँपालिका- ६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मा रहेका छन् । नाबालिकालाई ललाईफकाई धाकधम्की दिई पटक पटक जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
घटनाको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय इलाम र अस्थायी प्रहरी पोस्ट बिब्ल्याटेबाट चैत १४ गते प्रहरी टोली खटिएर आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको थियो।
त्यस्तै जबरजस्ती करणी गरेको अभियोगमा अर्का व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मा रहेका छन । नाबालिकालाई किराना पसलमा सामान किन्न गएको बेला एक्लै भएको मौका पारी जबरजस्ती करणी गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी पेल्टिमारीबाट चैत १७ गते प्रहरी टोली खटिएर आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा विश्वकर्मालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका नेपाली र विश्वकर्मालाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए ।