
काठमाडौं । सुनको भाउमा आज पनि कीर्तिमान कायम भएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।