२०८१ चैत २१, बिहिवार , १२:२४:१५ बजे

Sajhamanch
'

राजदूत शर्मा र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्।

उनीहरूबीच सोमबार लखनउमा भेटवार्ता भएको हो। उनीहरूले नेपाल-भारत सम्बन्धका बहुआयामिक पाटोहरूमा केन्द्रित रहेर कुराकानी गरेका थिए।

राजदूत शर्माले मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता गरेको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्। गोरखपुरमा गोर्खा संग्रहालय सुरू गरेकोमा आफूले खुसी व्यक्त गरेको र धन्यवाद पनि दिएको राजदूत शर्माको भनाइ छ।

सम्बन्धित खबर