
काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषण मापनमा आज विश्वमै पहिलो प्रदूषित सहर बनेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषण विश्वकै पहिलो स्थानमा देखाएको हो ।
इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २५० छ । लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र धुँवाका कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च भएको हो ।
त्यस्तै भारतको राजधानी दिल्लीको वायु प्रदूषण आज विश्वमै दोस्रो स्थानमा छ । दिल्लीको एक्यूआई आज १७८ छ । त्यसैगरि तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ । त्यहाँको वायुको एक्यूआई १६९ छ ।
दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र ४०० एकदेखि ४५० सम्मलाई अति खतरा मानिन्छ।
