२०८१ चैत २०, बुधवार , १०:०१:१९ बजे

Sajhamanch
'

नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र धनगढी खेल्दै

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज बुटवल लुम्बिनी र धनगढी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ ।

यसअघि बुटवलले झापासँगको खेलमा गोलरहित बराबरी खेल्दै अङ्क बाडेको थियो । धनगढीको भने आज पहिलो खेल हुन लागेको हो । हिजोको खेलमा चितवनले पोखरालाई २–० ले पराजित गरेको थियो ।

तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् ।

लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।

सम्बन्धित खबर