
काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसङ्घका दीपकराज जोशी विजयी भएक छन् ।
हिजो भएको चुनावमा उनी प्रतिस्पर्धी उम्मेदवारसँग ८ मतले विजयी भएक हुन । जोशीले ७८९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरे।
यस्तै अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत तथा स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५१७ र पद्मा भुसालले १६६ मत प्राप्त गरेका छन् ।
स्ववियुका अरु पदाधिकारीमा भने अनेरास्वियुका उम्मेदवार विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएक छन् ।