२०८१ चैत १९, मङ्गलवार , ०९:२८:१० बजे

Sajhamanch
'

ज्येष्ठ सेयर सदस्य र बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेर राष्ट्रसेवक साकोसले मनायो स्थापना दिवस

सोमवार, चैत १८, २०८१

भद्रपुर । झापाका निजामती कर्मचारीहरुले स्थापना गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले विविध रचनात्मक कार्यक्रमका साथ आज सोमबार २६औँ स्थापना दिवस मनाएको छ ।

भदपुर १० लेखनाथ चोकस्थित मनोज झपेन्द्र स्मृति भवनमा कार्यालय रहेको राष्ट्रसेवक सहकारीले सोमबार विहान भद्रपुर–९ स्थित एक सरकारी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर र अपरान्ह संस्थाका जेष्ठ सेयर सदस्य र बचत तथा ऋण कारोबारी उत्कृष्ट सदस्यहरुलाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो ।

भद्रपुर ९ लक्ष्मी चोकस्थित जीवनज्योति आधारभूत विद्यालयमा १२२ जना विद्यार्थीलाई संस्थाले आवश्यक कापी, पेन्सिल, डटपेन लगायतका शैक्षिक सामग्री वितरण गरेको संस्थाका व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरेको उनले बताए ।

विद्यालय परिसरमा संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यक्रमका बीच नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद गुरागाईं, भद्रपुर ९ नं. वडाध्यक्ष रामप्रसाद दाहाल, संस्थाका पूर्व अध्यक्ष खडानन्द गुरागाईं, सहकारीविज्ञ डिल्ली दाहाल, माधव घिमिरे, नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान अध्यक्ष केदार पोखरेल लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पौडेल (नूतन) तथा प्रधानाध्यापक निर्मला पौडेललाई संयुक्तरुपमा सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रम सञ्चालन सचिव नवराज पोखरेलले गरेका थिए ।

यसैगरी, संस्थाकै सभाहलमा अपरान्ह आयोजित समारोहका बीच दुईजना ज्येष्ठ सदस्य र पाँचजना उत्कृष्ट सदस्यलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष वशिष्ठ अधिकारी कै अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संगठनका केन्द्रीय सचिव तेजप्रकाश भण्डारी, संगठनका केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद गुरागाईं, अग्रज संगठक देवराज कार्की, पेशागत महासंघ झापा अध्यक्ष तुलसीप्रसाद भण्डारी, संगठन झापा अध्यक्ष हिरन्य न्यौपाने लगायतले जक्ष्ेष्ठ सदस्य शंकरप्रसाद भण्डारी र पदमकुमारी नेपाल तथा उत्कृष्ट सदस्यहरु थिरराज कोइराला, देवी काफ्ले, चन्द्रबहादुर चौहान, नवराज खतिवडा र रुद्रबहादुर खड्कालाई दोसल्ला ओढाएर मायाको चिह्नोसहित सम्मानपत्र प्रदान गरेका थिए ।

समारोहमा प्रमुख अतिथि ढकालले शुभकामना मन्तव्य राख्दै अहिले विभिन्न अफवाह र केही सहकारीको फट्याइँका कराण सिंगो सहकारी अभियानलाई बदनाम गराउने कोशिस भइरहेको भन्दै त्यसलाई चिर्न सहकारीहरुले सदस्यमुखी कार्यक्रमहरुमा जोड दिए ।

सहकारीले वित्तीय योगदानमार्फत साधारण नागरिकको जीवन दैनिकीलाई सहज बनाउने प्रयत्न गरिरहेको भन्दै ढकालले त्यसमा विभिन्न वहानाबाट अवरोध गर्न खोज्नेहरुको मनासय पूरा नहुने चेतावनी दिए ।

संगठनका केन्द्रीय सचिव भण्डारी, झापा अध्यक्ष न्यौपाने लगायतले मन्तव्य राखेको समारोहको सञ्चालन संस्थाका सचिव नवराज पोखरेलले गरेका थिए भने स्वागत उपाध्यक्ष डिल्ली ढकालले गरेका थिए ।

यसैबीच, संस्था र संगठनको संयुक्त आयोजनामा मंगलबार भद्रपुर १० स्थित वीरेन्द्र नमूना क्याम्पस परिसरमा विशेषज्ञसहितको बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गएिको र त्यसबाट लाभ लिन नगरवासीलाई अनुरोध गरिएको संगठन झापाका अध्यक्ष न्यौपानेले जानकारी दिए ।