२०८१ चैत १९, मङ्गलवार , ०४:११:११ बजे

Sajhamanch
'

सभामुखको अपिल : संसद् जीवन्त रहेको महसुस गराऔं

आइतवार, चैत १७, २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरले संसद्लाई जीवन्त रहेको महसुस गराउने भूमिकाका लागि अपिल गरेका छन् ।

आइतबार प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलमा उनले राष्ट्रमा भएका गतिविधि र घटनाहरूबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गरेका हुन् ।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने उनीहरूको अडान छ ।

प्रधानमन्त्री ओलीले सोमबार संसद्लाई सम्बोधन गर्ने सूचना संसद सचिवालयमा पठाएका छन् । यो सँगै सदनको अवरोध खुल्नुपर्ने आग्रह सत्तापक्षको छ ।

तर, विपक्षी दलहरू प्रधानमन्त्रीको जवाफ सुनेपछि मात्रै संसद् चल्ने अडानमा छ । यस सन्दर्भमा सभामुख घिमिरेले संसद् सहज ढंगले चल्ने वातावरणका लागि अपिल गरेका हुन् ।

गत शुक्रबार तिनकुनेमा भएको घटनाबारे संसद्मा छलफल हुनुपर्ने उनको आग्रह छ । उक्त लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई सभामुखले सुझाएका हुन् ।

सम्बन्धित खबर