२०८१ चैत १९, मङ्गलवार , ०२:०६:०२ बजे

Sajhamanch
'

सुनको भाउमा कीर्तिमान : तोलाको एक लाख ७६ हजार ८०० रुपैयाँ पुग्यो

आइतवार, चैत १७, २०८१

काठमाडौं । सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ७६ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो । अस्ति शुक्रबार सुनको भाउ तोलाको एक लाख ७६ हजार २०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार ४० रुपैयाँ थियो ।

सम्बन्धित खबर