२०८१ चैत १९, मङ्गलवार , १२:०४:०८ बजे

Sajhamanch
'

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गयो, १५ जना भन्दा धेरै घाइते

आइतवार, चैत १७, २०८१

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ ।

१५ जनाभन्दा धेरै घाइते भएका छन् । भारतीय नम्बरको ट्याक्टर दुर्घटना हुँदा भारत उत्तरप्रदेश लखिमपुर खिरीका ११ वर्षीय आयुस बर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

हिजो भएको दुर्घटनामा घाइते भएका सबै भारतीय नागरिक हुन् । घाइतेमध्ये तीन जनालाई गम्भीर चोट लागेको छ । धनगढी उपमहानगरपालिका बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो ।

बेहडाबाबालाई सीमापारीका भारतीय नागरिकले कुलदेवताको रूपमा पुज्ने गर्छन् । प्रहरी, रेडक्रसकर्मी र स्थानीयबासिन्दाले उद्धारगरी उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर