
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार पौने ४ शुरु हुनेछ ।
पहिलो खेल जितेको दिल्ली दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने दुई खेल खेलेको हैदराबादले एक खेल जितेको छ । हैदराबाद दुई अङ्कसहित छैटौं स्थानमा छ ।
यस्तै आजको दोश्रो खेल गुवाहाटीमा नेपाली समय अनुसार पौने ८ बजे राजस्थान रोयल्स् र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । दुई खेलमा जीतविहिन राजस्थान तालिकाको पुछारमा छ । चेन्नई दुई खेलमा दुई अङ्कसहित आठौं स्थानमा छ ।
आईपीएल क्रिकेटमा हिजो भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।