२०८१ चैत १९, मङ्गलवार , ११:३४:५३ बजे

Sajhamanch
'

आजको मौसम

आइतवार, चैत १७, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागको मौसम सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी र गण्डकीकै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा आगामी २४ घण्टामा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यी दुई प्रदेशसँगै कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

सम्बन्धित खबर

आजको मौसम
सोमवार, चैत १८, २०८१
यस्तो छ आजको मौसम
बिहिवार, चैत १४, २०८१