२०८१ चैत १९, मङ्गलवार , ०९:३९:५६ बजे

Sajhamanch
'

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

आइतवार, चैत १७, २०८१

म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ । तीन हजार चार सय भन्दा धेरै घाइते भएका पछिल्लो विवरण छ ।

आज तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ । ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प र त्यसको केही मिनेटपछिको ६ दशमलव ७ म्याग्निच्युडको पराकम्पले म्यानमार र थाइल्याण्डमा क्षति गरेको छ ।

१७ लाखभन्दा धेरै मानिसका घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धारका सामग्री पुर्‍याउने काममा समेत समस्या भएको बीबीसीले जनाएको छ ।

सम्बन्धित खबर