२०८१ चैत १८, सोमवार , ०७:१९:१९ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा आज गुजरात र मुम्बई खेल्दै

शनिवार, चैत १६, २०८१

काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल अमदावादमा बेलुका पौने ८ बजे शुरू हुनेछ ।गुजरात र मुम्बई आफ्नो पहिलो खेलमा पराजित भएका थिए । गुजरातलाई पञ्जाबले हराएको थियो भने मुम्बई चेन्नई सुपर किंग्ससँग पराजित भएको हो ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले चेन्नई सुपर किंग्सलाई ५० रनले हरायो । जीतसँगै बेङ्गलुरुको दुई खेलमा ४ अङ्क भएको छ । पहिलो खेलमा उसले कोलकाता नाइट राइडर्सलाई हराएको थियो । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

सम्बन्धित खबर