२०८१ चैत १७, आइतवार , ०९:३६:५२ बजे

Sajhamanch
'

प्रतिनिधि सभाको बैठक बस्दै नबसी आइतबारसम्म स्थगित

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी आइतबारसम्म स्थगित भएको छ ।

बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको थियो । सवा १ बजेको बैठक पनि चल्न नसक्ने भएपछि आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो ।

संसदमा विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै जवाफ दिनुपर्ने उनीहरूको माग छ ।

तर, प्रधानमन्त्री केपी ओली संसदमा उपस्थित भएर जवाफ दिन तयार भएका छैनन । सत्तापक्ष र प्रतिपक्षको अडानका कारण संसदका कामकारबाही प्रभावित हुँदै आएको छ ।

सम्बन्धित खबर