
काठमाडौं । सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको भाउ एकैदिन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो । यसअघि यही चैत ६ गते सुनको भाउ तोलाको एक लाख ७६ हजार रुपैयाँ पुगेको थियो ।
हिजो सुनको भाउ तोलाको एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । हप्ताको पहिला दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७४ हजार १०० रुपैयाँ रहेको थियो । सुनको भाउ हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा दुई हजार १०० रुपैयाँले बढेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २० रुपैयाँ थियो ।