२०८१ चैत १७, आइतवार , ०३:४२:५६ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्गलुरु खेल्दै

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् ।

यो खेल चेन्नईको चेपक मैदानमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । दुवै टोलीले यसअघिको आ–आफ्नो खेल जितेका छन् ।

अङ्क तालिकामा दुवैको दुई अङ्क भए पनि रनरेटका आधारमा आरसीबी शीर्ष स्थानमा छ भने चेन्नई चौथो स्थानमा छ । यसअघिको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई र आरसीबीले कोलकाता नाइट राइर्डसलाई पराजित गरेको थियो । १८ औँ संस्करणको आईपीएल क्रिकेट ‘मे’ २५ तारिखसम्म चल्नेछ ।

सम्बन्धित खबर