२०८१ चैत १७, आइतवार , ०१:५८:०७ बजे

Sajhamanch
'

दुई सातादेखि हराइरहेकी इलामकी विमलाको शव गाडिएको अवस्थामा फेला, श्रीमान् पक्राउ

शुक्रवार, चैत १५, २०८१

इलाम । दुई सातादेखि हराइरहेकी इलाम जिल्ला फाकफोकथुम-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेललाई हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । हत्या गरेको आशङ्कामा उनका श्रीमान् २५ वर्षीय उमेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत चैत १ गतेदेखि विमला हराएको सम्बन्धमा ससुरा कृष्णलाल गिरीले खोजतलासको लागि निवेदन दिएका थिए । अनुसन्धानको क्रममा विमलालाई हत्या गरी फाकफोकथुम २ धार्ने खोपस्थित दाहाल गोलाईमा गाडिएको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी निरीक्षक रमेश राई नेतृत्वको टोलीले आज बिहान १ बजे गाडिएको ठाउँ फेला पारी शव उत्खनन कार्य भइरहेको इलाम प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर