२०८१ चैत १६, शनिवार , ०७:५०:३४ बजे

Sajhamanch
'

महिला एशियन कप छनोटमा नेपाल र उज्बेकिस्तान एउटै समूहमा

बिहिवार, चैत १४, २०८१

काठमाडौं । एएफसी महिला एशियन कप २०२६ को छनोट चरणको ‘ड्र’ सार्वजनिक भएको छ ।

महिला एशियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । यो समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । यो समूहको खेल आउँदो जुनमा उज्बेकिस्तानमा हुनेछ ।

फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै अघि छ । फिफा वरीयतामा उज्बेकिस्तान ५०औं, नेपाल ९९औं, लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन् ।

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेताले आउँदो वर्षको मार्चमा अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।

एशियन कपमा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् । प्रतियोगितामा १२ वटा टोली सहभागी हुनेछ ।

सम्बन्धित खबर