२०८१ चैत १६, शनिवार , ०९:०४:०२ बजे

Sajhamanch
'

किसानको समस्या समाधानमा आयोगको काम प्रभावकारी नभएको गुनासो

बिहिवार, चैत १४, २०८१

काठमाडौं । किसानका समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने किसानले माग गरेका छन् ।

किसान सूचीकरण कार्यक्रम प्रभावकारी कार्यान्वयनका सम्बन्धमा राष्ट्रिय किसान आयोगले चितवनमा गरेको छलफलमा सहभागी किसानले आयोगलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन माग गरेका हुन् । सहभागीले किसानको हकहितका विषयमा आवाज उठाउन आयोगलाई आग्रह गरेका छन् ।

नेपाल किसान महासङ्घ बागमती प्रदेश उपाध्याक्ष प्रतिभा पाण्डेले किसानका उत्पादनको उचित मूल्यका निम्ति आयोग सक्रिय हुनुपर्नेमा जोड दिए।

यस्तै देवचुली नगरपालिकाका मेयर हरिप्रसाद पोखरेलले किसानका समस्याप्रति संवेदनशील हुन आयोगलाई आग्रह गरे।

राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेमप्रसाद दङ्गालले किसानका समस्या समाधानका लागि आयोगले सरकारलाई सुझाव दिएको बताएका छन् ।

त्यस्तै किसानको सूचीकरणका लागि पालिकालाई अधिकार सम्पन्न बनाउनसमेत किसानले माग गरेका छन् ।

अहिले नेपालमा २० लाख ७१ हजार १०६ जना किसानले सूचीकरणका लागि आवेदन दिएका कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव चेतबहादुर रोकाले जानकारी दिए। बागमती प्रदेशमा मात्र ३ लाख २९ हजार ८७६ जना किसान छन् ।

सम्बन्धित खबर