
काठमाडौं । त्रिभुवन आर्मी क्लबका स्पिनर शाहब आलमले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक सय विकेट पूरा गरेका छन् ।
रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भइरहेको नेपाल पुलिस क्लबसँगको खेलमा शाहबले यो उपलब्धि हासिल गरेका हुन् । उनले ४७ खेलमा एक सय विकेट पूरा गरे ।
यसअघि नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कप क्रिकेटमा १०० विकेट लिने पहिलो बलर बनेका थिए । ललितले ४२ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।
प्रतियोगितामा अहिले आर्मीले पुलिसले दिएको १४९ रनको लक्ष्य पछ्याइरहेको छ । यस्तै रुपन्देहीकै सिद्धार्थ रङ्गशालामा भइरहेको खेलमा मधेश प्रदेशले बागमती प्रदेशले दिएको २६० रनको लक्ष्य पछ्याइरहेको छ ।