
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् ।
त्यसबारे सभामुख देवराज घिमिरेले विपक्षी दलहरूसँग परामर्श गरेका छन् । यद्यपि सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।