२०८१ चैत १७, आइतवार , ०४:३४:४१ बजे

Sajhamanch
'

सुनको भाउ एकैदिन १३०० रुपैयाँले बढ्यो

बिहिवार, चैत १४, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ३०० रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार ३०० रुपैयाँले बढेर तोलाको एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७३ हजार ५०० रुपैयाँ थियो । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ३० रुपैयाँले बढेर तोलाको दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९९० रुपैयाँ रहेको थियो ।

सम्बन्धित खबर