२०८१ चैत १७, आइतवार , ०१:१०:२७ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा कोलकाताले राजस्थानलाई ८ विकेटले हरायो

बिहिवार, चैत १४, २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ ।

कोलकाताको यो दोस्रो खेलमा पहिलो जीत हो । यसअघि पहिलो खेलमा कोलकाता रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो ।

हिजोको खेलमा राजस्थानले दिएको १५२ रनको लक्ष्य कोलकाताले १७ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जीतमा क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित रहँदै सर्वाधिक ९७ रन बनाए ।

राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाए ।

कोलकाताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए । कोलकाता २ खेलमा २ अङ्कका साथ छैटौँ स्थानमा उक्लिएको छ ।

लगातार दोस्रो हार बेहोरेको राजस्थान अङ्क विहीन रहँदै पुछारमा छ । राजस्थान पहिलो खेलमा सनराइजर्स हैदरावादसँग पराजित भएको थियो ।

आईपीएलमा आज सनराजर्स हैदरावाद र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

सम्बन्धित खबर