२०८१ चैत १३, बुधवार , ०२:०९:५५ बजे

Sajhamanch
'

पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ

मङ्गलवार, चैत १२, २०८१

काठमाडौँ । सर्वोच्च अदालतबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ गरिएको छ ।

मंगलबार सर्वोच्चमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना पठाउने अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् ।

त्यस्तै उनले जिल्ला अदालतहरूमा दर्ता हुने विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको समेत सुरुवात गरे ।

यसबाट मुद्दाको सुनुवाइ प्रक्रिया छिटो छरितो हुने तथा अदालतहरूमा न्यून कागजात प्रयोग हुने निकायको रूपमा विकास हुने अपेक्षा गरिएको सर्वोच्चले जनाएको छ ।

कार्यक्रममा प्रधानन्यायाधीश राउतले प्रविधिमार्फत हुने सुधारलाई निरन्तरता दिने र यसले न्याय क्षेत्रमा अनियमितता हटाउँदै सेवा सुविधालाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले जसरी भएपनि न्यायक्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

अदालतहरूको मुद्दा व्यवस्थापनलाई सरल, सहज र प्रभावकारी बनाउन सर्वोच्च अदालतले सूचना प्रविधिको प्रयोगमा जोड दिइरहेको उनले बताए ।

सम्बन्धित खबर