
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले विजयी शुरुआत गरेको छ । हिजोको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गरेको हो ।
लखनउले दिएको २१० रनको लक्ष्य पछ्याएको दिल्लीले अन्तिम तीन बल बाँकी रहँदा नौ विकेट गुमाउँदै २११ रन बनाएको हो । दिल्लीका आशुतोषले अविजित ६६ रन बनाए । बलिङमा लखनउका सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिगभेष राथी रवि विष्नोईले समान दुई विकेट लिए ।
त्यसअघि राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०९ रन बनाएको थियो ।
लखनउका निकोलस पुनरले सबैभन्दा धेरै ७५ रन बनाए । दिल्लीका मिचेल स्टार्कले तीन विकेट लिए । दिल्लीले विजयी शुरुवातका साथ दुई अङ्क जोडेको छ ।